पहिरोले ट्रक पुरियो, बुटवल तानसेन सडक खण्ड पुर्णरुपमा अवरुद्ध

पाल्पा
पाल्पाको तल्लो डुम्रे नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।
पहिरोले सडकमा रोकिएको ट्रक पूरै पुरेको छ । ट्रक पुरिँदा मानवीय क्षति भए–नभएको भने यकिन भई सकेको छैन ।
पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको हो ।
सोहि ठाउँमा नै विहिबार राति पहिरो खसेको थियो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फसेकै अवस्थामा शुक्रबार राति पुनः पहिरो खसेपछि पुर्णरुपमा पुरिएको हो ।
सडक पूर्णरुपमा अवरुद्ध भएकोले पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट जेसीबी ल्याएर काम गर्ने तयारी भइरहेकाले सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्