मातृभाषा, कलासंस्कृति र अधिकारका लागि लड्नेछु-अध्यक्ष मन मास्की राना मगर

साझाहव संवाददाता
इजरायल
आफ्नो मातृभाषा, कलासंस्कृृति र अधिकारका लागि आफ्नो ठाउँबाट लड्न लागि पर्ने नवनिर्वाचित अध्यक्ष मन मास्की राना मगरले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
विदेशी भुमिमा रहेर पनि आफ्नो देश, समुदाय र जातिको लागि विभिन्न रुपमा संगठित भई आफ्नो भाषा, कला संस्कृतिको संरक्षण गर्दै हक अधिकार प्राप्तिको लागि लडिरहने, साथै विभिन्न दुःखसुखमा सहकार्य गर्ने विभिन्न संघसंस्थाहरु मध्ये नेपाल मगर संघ शाखा इजरायल पनि एक हो ।
नेपाल मगर संघको मातहतमा रहि इजरायलमा रहेका सम्पुर्ण मगरहरुलाई एकजुट गरि विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको मगर संघ इजरायलको सातौँ बार्षिक उत्सव तथा चौँथो अधिवेशनबाट संघको अध्यक्षमा निर्विरोध निर्वाचित पछि मास्की राना मगरले उक्त प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
अधिवेशनले मन मास्की राना मगरको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमितिमा जय पुन मगर, सुर्य राना मगर र जमुना थापा मगरलाई उपाध्यक्षमा, विवस आले मगर महासचिव, माया आले मगर सचिव, मन कुमारी पुर्जा मगर कोषाध्यक्ष, श्याम पुन मगर सह कोषाध्यक्षमा चयन गरेको छ । त्यस्तै समितिको सदस्यहरुमा रोजिना थापा मगर, कुसुम पुर्जा मगर र शुशिला थापा मगर रहेका छन् ।
साथै अधिवेशनले तारा काउचा मगर संरक्षक र लिला थापा मगर, विष्णु पुन मगर, भक्त पुन मगर, तारा गर्वुजा मगर र माया घले मगर रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।
कोरोना कोभिड १९ को महामारीका कारण वार्षिक उत्सव तथा अधिवेशन १७ जुलाई शुक्रबारका दिन भच्र्युअल माध्यमबाट सम्पन्न भएको थियो ।
क्याटेगोरी : अन्य, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्