देशभर हल्का, सामान्य देखि भारी बर्षाको सम्भावना, जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

काठमाडौं ।
आइतबार देशभरी मनसुनी वायुको कारण हल्का, सामान्य र कहिकतै भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागदेखि केही दक्षिणतिर अवस्थित भएकोले देशभर सामान्य देखि पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुका साथै प्रदेश १ र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती देशभर पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुका साथै प्रदेश १ का केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज विहान २ बजे मापन भएको डाटा अनुसार पछिल्लो ३ घण्टामा कपिलवस्तुको बाणगंगा र आसपास भारी बर्षा भएको थियो भने थप बर्षा हुन सक्ने तथा बाणगंगा, गुडुंग लगायत आसपासका स–साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने विभागले जनाएको छ ।
त्यसैगरी पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीका धेरैजसो स्थानमा आज विहान ५ बजे भारी बर्षा मापन भएको छ । यसका साथै थप बर्षा हुन सक्ने सम्भावना पनि रहेको छ ।
जसअनुसार आरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको ।
मनुुसुन सुरु भएपछि बर्षाको कारण बाढिपहिरो, डुवान, सर्पदंशा जस्ता मनसुनी विपद्बाट धेरै धनजनको क्षति भईसकेकोले जोखिमयुक्त ठाउँमा उच्च सर्तकता अपनाउनु पर्ने विभागले यस अगाडि देखि नै जानकारी दिदैँ आएको छ ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्