प्युठानमा ट्याक्टर दुर्घटना- ७ जनाको मृत्यु

प्युठान
प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मुत्यु भएको छ ।
प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु २ च ४२३४ नम्वरको ट्र्याक्टर दुर्घटना हुदाँ ७ जनाको ज्यान गएको हो ।
मृतकहरु भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारहरु रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भने भईसकेको छैन । ट्याक्टरमा आठ सवारमध्ये १ जना भने बाँच्न सफल भएका छन् । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्