Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

आइतबार १५६ कोरोना संक्रमित थपिए, ८ जिल्लामा भने कोरोना संक्रमण शुन्य


काठमाडौं 
नेपालमा आइतबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।
परिक्षणबाट थप संक्रमित थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

आइतबार कोरोना संक्रमण निको भएर भने ५८ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार आइतबारसप्तरीमा ३२ जना, कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १० र १० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६ र ६ जना, बाँके र दाङमा ५ र ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै ललितपुर, सर्लाही, रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २ र २ जनामा संक्रमण पुष्टि भएको छ भने सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १ र १ जनामा संक्रमण देखिएको छ ।

भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ हुम्ला र जुम्ला गरि ८ जिल्लामा भने संक्रमण संख्या शुन्य रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका जानकारी दिएका छन् भने रौतहट, कैलाली र बाजुरामा भने ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्