Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

चारकिलोमा पहिरो- नारायणगढ मुग्लीङ सडकखण्ड दुईतर्फी अवरुद्ध


चितवन

नारायणगढ–मुग्लीङ सडकखण्डमा पहिरो खस्दा दुइतर्फी नै सडक अवरुद्द भएको छ ।

सडकखण्डको ईच्छाकामना गाउँपालिका वडा नं–६ चारकिलो नजिकै आज बिहान ५ बजेको समयमा ठूलो पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्द भएको हो । पहिरो खसेर दुई वटा बिजुलीका पोल समेत ढलेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार अविरल बर्षाका कारण पहिरो खस्ने क्रम जारी नै रहेकाले तत्काल पहिरो हटाउन कठिनाई भएकोे बताएको छ ।

साथै बाटो खुलाउनको लागि आवश्यक पहल र प्रयास जारी रहेको जनाएको छ । चितवन ट्राफिकले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थानमा रोक्न र सडक सुचारू भएपछि मात्र पूर्ववत् यात्रामा अगाडि बढ्न सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध समेत गरेको छ ।

मुग्लिङ सडकखण्डको चारकिलोमा पटक पटक पहिरो खस्ने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्