Techie IT
  • ८ साउन २०८२, बुधबार
Sajha Hub

लकडाउन मंगलबार मध्यरातीबाट खोल्ने, शैक्षिक क्षेत्रभने अझै नखोल्ने सरकारको निर्णय


काठमाडौं ।

सरकारले चैत ११ गतेदेखि जारी लडाउन आज मंगलबार मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागु हुनेगरी बन्दाबन्दी (लकडाउन) अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ । यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ ।
सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए ।

अब यो साउन महिनाभरिको अवस्था हेरेर त्यसपछि भदौमा थप निर्णय गर्ने प्रवक्ता खतिवडाले बताएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मनोवैज्ञानिक त्रास कम गर्नका लागि आज रातिबाट लागु हुनेगरी बन्दाबन्दीको अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र भने घोषणा गर्न सकिने खतिवडाको भनाइ छ ।

सरकारले निजी सवारी साधनमा जोर विजोर प्रणाली पनि हटाएको छ । भोज र पार्टी गर्न नपाइनेगरी होटल व्यवसाय साउन १५ गतेदेखि खोल्ने निर्णय पनि सरकारले गरेको छ
त्यस्तै लामो दूरीका यातायात भदौ १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । सरकारी कार्यालयमा दुई सिफ्टको सिस्टम पनि हटाइएको छ ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । शैक्षिक क्षेत्र भने अझै नखोल्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

पछिल्लो समय थपिएको लकडाउनको अवधि साउन ७ अर्थात भोलिसम्म कायम रहेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्