Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

पछिल्लो २४ घण्टामा ६ सय ९ जनाले जिते कोरोना, नयाँ संक्रमित थपिए १५० जना


काठमाण्डौ 

नेपालमा कोभिड १९ कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १५० जना नयाँ संक्रमित थपिएका छन् भने ६ सय ९ जनाले कोरोना जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मङ्गलबार १ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १७ हजार नौ सय ९४ पुगेकोे छ ।

यस्तै गएको २४ घण्टामा ६ सय ९ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १२ हजार ४ सय ७७ पुगेको छ । यो संख्या कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत हो ।

नेपालमा अहिले ५ हजार ४ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २१ हजार ७ सय ४ जना मानिस विभिन्न ठाउँका क्वरेण्टीनमा रहेका छन् ।

त्यस्तै, ४० जना मृत्यु भएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्