लकडाउन खुलेसँगै, त्रिविका क्याम्पसहरु खुले

काठमाडौं ।
मंगलबार रातिबाट लकडाउन खुलेसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् ।
क्याम्पसहरु खुले पनि हालसम्म सरकारले प्रतिवन्ध लगाएको विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने भएको छ ।
त्रिवि रजिष्ट्रारको कार्यालयले सूचना जारि गर्दै साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु पठनपाठन र पुस्तकालय सन्चालन बाहेकमा नियमित काम हुने जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्