Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

युवतीलाई एसिड हानेको आरोपमा २ युवा पक्राउ, युवतीको बर्न अस्पताल किर्तिपुरमा उपचार हुदैँ


काठमाण्डौ

एक जना युवतीमाथि काठमाण्डौको बाफलमा एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं, डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक पक्राउ परेका हुन् ।

केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि उनीहरुले एसिड प्रहार गरेको बताएका छन् ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुङ्गा स्थायी घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।

कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले डल्लुबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टका अनुसार कार्कीको मुखमा एसिड परेको र कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको जानकारी दिए ।


क्याटेगोरी : अपराध, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्