न्यायाधीशलाई महाअभियोग, वलीको विकल्प, शक्तिशाली लोकपाल र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति : डा. भट्टराई
	
				
			काठमाण्डौ
अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्ताव गरेका छन् । उनले ट्वीट गर्दैे प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न समेत भनेका छन् ।
श्रीमतीको हत्या गरि जेलमा रहेको पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।
समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेकोले लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै आफ्नो ट्वीट मार्फत संसद अधिवेशन बोलाउन, केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान प्रस्ताव गरेका हुन ।
भट्टराईले श्रीमती हत्यारा सजाय कटौटी गरेर विजयी नेता जस्तो हात हल्लाउँदै हिड्ने र जाँड खाएर गाडि चलाई सडक पेटीको मान्छे किचेर मार्ने धनाढ्यको छोरो धरौतीमा रिहा हुने, साँसद अपहरण गर्ने पुर्व आइजीपी विरुद्ध सरकारले मुद्धा नै नचलाउने असफल राज्यको लक्षण भएको समेत बताएका छन् ।
क्याटेगोरी : राजनीति, विचार, समाचार
ट्याग : #breaking
				
				
				
				
				
				
तपाईको कमेन्ट लेख्नुहोस्