Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

शनिवार पनि मनसुनी वायुको प्रभाव कायमै, हल्का, मध्यम देखि भारी बर्षाको सम्भावना


काठमाडौं ।

आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकोले हल्का, मध्यम तथा सामान्य बर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको र आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।

आज शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशभरको मौसम सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ का एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्