Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न


काठमाडौं ।
शनिबार नागपञ्चमीका दिन ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ ।

शनिबार दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई रथारोहण गराइएको हो ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन भएपनि यस बर्ष कोरोनाको जोखिम कारण पछि सरेको रथारोहण कार्यक्रममा थोरै मानिसहरुको मात्र उपस्थिति रहेको थियो ।

विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको भए पनि यस वर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुंगो भने लागि नसकेको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिएका छन् । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरू हुने जात्रामा वैशाख शुक्ल पक्षको

प्रतिपदाको दिनदेखि रथयात्रा सुरू गर्ने चलन छ ।

यो काठमाडौं उपत्यकाको सबभन्दा लामो रथजात्रा रहेको रातो मच्छिन्द्रनाथको जात्रा लिच्छवीकालदेखि नै चल्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्