कहाँ कहाँ थपिए, १०९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं ।
पछिल्लो २४ घन्टामा देशभर १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हो ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित १ सय ९ जना थपिए पछि देशभर संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये १३ हजार ५३ जना उपचारपछि घर फर्किएका छन् भने ४५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११र११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६र६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४र४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३र३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २र२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा १ १ जना कोरोना संक्रमित थपिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्