प्रहरी प्रधान कार्यालयका थप २८ जनामा कोरोना, संक्रमित संख्या ७२ पुग्यो

काठमाडौं ।
शुक्रबार विहान सम्म प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरीहरुमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ ।
बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका छन् ।
प्रधान कार्यालयको सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।
हालसम्म देशभर २५० जना प्रहरी संक्रमित मध्ये प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीहरुमा मात्र ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्