पाटन अस्पतालमा १ कोरोना संक्रमित महिलाको मृत्यु

काठमाण्डौ
शुक्रबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ९ बजेतिर आइसियूमा उपचाररत उनको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिएका छन् ।
मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी योबीचमा वीरगन्जबाट आएकी थिइन् ।
गत साउन ६ गते अस्पताल भर्ना भएकी महिलामा निमोनियाको समस्या रहेको थियो ।
अहिले मृतकको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्