Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेपाल-चीन मैत्रीपुर्ण सम्वन्धको ६५ औँ बर्षगाँठ, नेपाल सम्वन्धमा अत्याधिक महत्व दिएको चिनियाँ राष्ट्रपतिको धारणा


काठमाडौं ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ बर्ष पुगेको छ ।

कूटनीतिक सम्बन्ध स्थापना भएको अगष्ट १, ६५ बर्ष पुगेको अवसरमा शनिवार दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्याधिक महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

त्यस्तै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले समेत नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेका छन् । त्यस्तै नेपालको सामाजिक-आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छिन् । चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना समेत व्यक्त गरेकी छिन् ।

भण्डारीले चिनियाँ राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा आफुले गत अप्रिलमा गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरेकी छिन् । ती अवसरहरुमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेको सम्झना गरेकी छिन् ।

चिनियाँ राष्ट्रपति सीले ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गर्दै नेपाली समकक्षी भण्डारीसँग काम गर्न इच्छुक रहेको र द्विपक्षीय सम्बन्धलाई निरन्तर मजबुद बनाउँदै प्रगति पथमा अगाडि बढाउदै लैजाने र दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् भन्ने इच्छा व्यक्त गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्