Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

एसईई नतिजा प्रकाशन सम्बन्धी काम पूरा, यसै हप्ता नतिजा हुने सम्भावना


काठमाडौं

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा भएको छ ।

नतिजा प्रकाशनको काम पूरा भए पनि बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ ।

कोरोना संक्रमणको लकडाउनका कारण यस पटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर विद्यार्थीको नतिजा बोर्डमा पठाएका थिए । स्कुलले पठाएको नतिजालाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।

यस पटक स्कुल आफैले मूल्यांकन गरेको नतिजालाई प्रमाणीकरणका लागि मात्रै बोर्डमा पठाएकोले नतिजा कस्तो आउने हो भन्ने कौतुहलता नरहने बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० का नियन्त्रक रामराज खकुरेलले खकुरेलले बताएका छन् ।

प्रकाशन सम्वन्धी सम्पुर्ण काम पुरा भएपनि बैठक बस्ने निश्चित भएको छैन । यसै हप्ता भित्र बैठक बसी नतिजा सार्वजनिक हुने सम्भावना रहेको छ ।

बोर्डका अनुसार यस बर्ष एसईईमा सहभागी हुन ४ लाख ८२ हजारले फाराम भरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्