सप्तरीमा कोरोनाको लक्षण देखिएका ३ पुरुषको मत्यु, परिक्षण रिपोर्ट आउन बाँकी

काठमाण्डौ
सप्तरीमा कोरोनाको लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र अस्पतालमा उपचाररत 2 गरी ३ जनाको मृत्यु भएको हो । डेढ् महिनाअघि मलेसियाबाट आएका रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुषको मंगलबार अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
होम क्वारेन्टिनमा बसेका ती पुरुषलाई एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकी धरानतर्फ रेफर गरिएकोमा लौजानेक्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिनुभयो ।
यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो । मृतक ३ पुरुषको स्वा संकलन गरि परिक्षण भइरहेको अस्पतालले प्रमुख यादभले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्