वीरगञ्जमा बुधबार एकैदिन १ सय ३३ मा संक्रमण पुष्टि, २ जनाको मृत्यु

वीरगञ्ज
बुधबार वीरगन्जमा एकैदिन १ सय ३३ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्सामा बुधबार नै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरु ८ वर्षदेखि ७४ वर्षसम्म रहेका छन् । संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका रहेका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।
बुधबार नै वीरगञ्जमा २ जनाको मृत्यु समेत भएको छ जसमा १८ वर्षीया किशोरी र ४६ वर्षीय पुरुष रहेका छन् । युवतीको मृत्युपछि कोरोना पुष्टि भएको हो । उनको आइतबार बिहान नेसनल मेडिकल कलेजमा भर्ना गर्न खोज्दाखोज्दै मृत्यु भएको थियो।
पछिल्लो समय वीरगन्जमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयले वीरगन्जका लागि भनेर स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह नेतृत्वको उच्चस्तरीय टोली खटाएर परीक्षणको दायरा समेत बढाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्