आगामी ३ दिन भारी बर्षाको सम्भावना, जोखिम क्षेत्रमा सर्तक हुन आग्रह

काठमाण्डौ
जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारि गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकोले आगामी ३ दिन देशभरका अधिकांश ठाउँमा बर्षा हुने पुर्वानुमान गरेको छ ।
निरन्तरको बर्षाले देशभरका नदीहरुमा पानीको बहाव पनि बढ्ने महाशाखाको पूर्वानुमान छ । पानीको बहाब बढेसँगै नदि आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन समेत केन्द्रले आग्रह गरेको छ ।
नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका स(साना सहायक नदी लगायत गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेश भई बहने साना नदीमा बहाव बढ्ने नेपाल बाढी सूचना केन्द्रले जनाएको छ ।
हाल देशका अधिकांश भू(भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा भइरहेको बुलेटिनमा उल्लेख छ ।
आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती देशका अधिकांश भू(भागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
सोमबार देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
भारी वर्षा हुँदा नदीमा पानीको बहाव बढ्ने सँगै पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्