तत्काल परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने

काठमाडौं ।
सिसिएमसीले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ भरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने प्रस्ताव गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट मात्र गर्ने प्रस्ताव गरेको हो ।
यस अघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्