Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

थपिए ३३८ संक्रमित, सम्पुर्ण अस्पतालहरुलाई २० प्रतिशत बेड कोरोना संक्रमितको लागि छुट्याउन निर्देशन


काठमाडौं ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ४४ जना सहित देशभर थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । बुधबार उपत्यकामा ९२ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको जानकारी दिएका छन् ।
कोरोना संक्रमणको संख्या बढि रहेकाले प्रवक्ता गौतमले नीजि, सामुदायिक, सरकारी र गैर सरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड विरामीहरुको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न मन्त्रालयको तर्फबाट निर्देशन पनि दिएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ । योसँगै अब सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ भने आज ८ हजार ४३२ जनाको परीक्षण भएको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कुल मृतकको संख्या ७९ पुगेको छ ।

हालसम्म निको हुनेमा प्रदेशगत रुपमा प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ३ र गण्डकी प्रदेशमा १ हजार ४ सय ६५ जना डिस्र्चाज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८१, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४० गरी आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर १ मा ५ सय २९, प्रदेश नम्बर २ मा ३ हजार १ सय ४४, बागमती प्रदेशमा १२ सय १० र गण्डकी प्रदेशमा २ सय ३३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ४३, कर्णाली प्रदेशमा १ सय ८४ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९५ गरी ६ हजार ७ सय ३८ जना संक्रमित विभिन्न अस्पतलाका आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रदेश नम्बर १ मा २ हजार ६ सय ६४, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३०, बागमती प्रदेशमा १ हजार २२ र गण्डकी प्रदेशमा ९ सय ५५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय २७, कर्णाली प्रदेशमा ७ सय १९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय ४२ गरी देशभरी १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा रहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्