घर भत्कदाँ एकै परिवारका ४ जनाको मृत्यु, ५ घाईते

डोटी
डोटीमा गएराति घर भत्किदाँ एकै परिवारका ४ जनाको मृत्यु साथै ५ जना घाइते भएका छन् ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामा लोगे लुहारको घर राति करिब साढे १ बजे तिर भत्किँदा ४ जनाको मृत्यु भएको साथै ५ जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा विक, छोरा ९ वर्षीय पारस विक, ४ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी विक रहेको इलाका प्रहरी कार्यालय आदर्शले जनाएको छ ।
दुई दिन देखि लगातार पानी परेको र पत्थरे पुरानो घर भएका कारण भत्केको हुनसक्ने प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक घाईते भएका छन् ।
घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात गम्भीर घाइते भएकाले थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएका छन् ।
घरमा चौपायहरु समेत च्यापिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्