गोवा नेपाली समाजद्धारा तिलक बोटेकि श्रीमती सहित दुई सन्तानको उद्धार

गोवा – गत जुलाई १६ तारिखमा भारतको गोवामा मृत्यु भएका तिलक बोटेकि श्रीमती तिला बोटेकी र उनका दुइ सन्तानलाई गोवा नेपाली समाजले नेपाल सम्म उद्धार गरेको छ ।
नेपाल दाङ घर बबई गाउपालीका साविक पाँच निवासी तिलक बोटे विगत केही वर्षदेखि रोजगारिको सिलसिलामा भारतको गोवामा बस्दै आएका थिए उनी केही वर्ष देखि दुबै मृगौला पिडित थिए उनको उपचारकै क्रममा गत जुलाई १६ तारिख भारतको गोवा राज्यको न्।ः।ऋ गोवा मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियोे ।
मृत बोटेलाइ गत मैना उनको उपचारको लागि गोवा नेपाली समाज विभिन्न संङ संगठन र गोवामा बस्ने विभिन्न व्यक्तित्वबाट रु एक लाख सयोग भएको थियो ।
मृत तिलक बोटेकी श्रीमती उमा बोटे र उनका दुई सन्तान लाई गोवा नेपाली समाजले सकुशल नेपाल सम्म जानलाइ बसको टिकट व्यवस्था गरिदिएको छ । साथै भारतका वरिष्ठ पत्रकार सामाजिक अभियान्ता प्रभाकर ढगेबाट रु ८,००० नगत र गोवा नेपाली समाजबाट ५,००० गरि जम्मा रू १३,००० हजार रकम हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा सानो मन्तव्य राख्दै पत्रकार प्रभाकर ढगेले गोवामा कार्यरत नेपाली दाजुभाइको गोवाको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान रहेको बताए साथै उनले नेपाल भारत दुई देशको भाइचारा सम्बन्ध हजारौं साल पुरानो रहेको र भविष्यमा रहिरहने बताए ।
अर्का गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनले मृत तिलक बोटेका दुई सन्तालाइ पढाइ लेखाइमा आफुले सक्दो सयोग गर्ने प्रतिबद्धता जाहेर गरे । अर्का वक्ता प्रगतिशील नेपाली समाज समाज भारतका केन्द्रीय महासचिव लोकेन्द्र सेर्पालीले तिलक बोटेको अल्पआयु निधनप्रति गहिरो दुख व्यक्त गरे उनले उनले आफुहरुले तिलक बोटेको जिबन रक्षाको लागि धेरै पहल गरेको तर सफल हुन नसकेकोमा दुख व्यक्त गरे उक्त विदाइ कार्यक्रममा प्रगतिशील नेपाली समाजका केन्द्रीय सल्लाहकार सदस्य हस्त रसाइली र गोवा नेपाली समाजका कोषाध्यक्ष महेन्द्र पुनले मन्तव्य राखेका थिए ।
उनको उपचारमा प्रगतिशील नेपाली समाजका केन्द्रीय सदस्यीय हेमराज बिसी दिनेश शर्मा होम राज बस्नेत महत्त्वपूर्ण काम गरिदिएका थिए ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्