सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियो, ५ परिवारका सदस्य सम्पर्क विहिन

सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा पहिरो जाँदा १३ घर पुरिएका छन् भने ५ घर परिवारका सदस्यहरु सम्पर्क विहिन भएका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् ।
१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन् । सो क्षेत्रमा २५–३० घरहरु अझै जोखिममा रहेको बताईएको छ ।
अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले जुगल गाउँपालिका २ लिदी नजिकै अर्को गाउँ नरहेको र त्यहाँ पुग्न माथिबाट पहिरो र तलबाट जमिन भासिएको हुँदा समस्या परेको स्थानीयले बताएका छन् ।
१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्