थप ५९४ संक्रमित र ४ जनाको मृत्यु, काठमाण्डौ उपत्यकामा कति थपिए ?

काठमाण्डौ
पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये काठमाडौं उपत्यका मात्रै ११९ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २५ हजार ५ सय ५१ पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ७७ पुगेको छ ।
अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा ७ हजार ९ सय १३ जना रहेका छन् । यस्तै, १४ हजार ६ सय ३८ जना क्वरेण्टीनमा रहेका छन् ।
त्यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट ४ जनाको ज्यान गएपछि नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९९ पुगेको छ ।
५ सयभन्दा बढी संक्रमित भएका जिल्लाहरु पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । त्यसैगरी संक्रमित शून्य भएका जिल्लाहरुमा संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्