Techie IT
  • १७ असार २०८२, मंगलबार
Sajha Hub

काठमाडौं उपत्यकामा आज बुधबार मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि सोको रोकथाम र न्यूनीकरणको उद्देश्यसहित उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको हो ।

निर्णयअनुसार औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन पाउने छैनन् । यसैगरी अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइनेछ ।

अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रवेश गर्ने सवारी साधन बाहेक उपत्यका भित्र सवारी साधन प्रवेश गर्न पाउने छैनन् ।

निर्णयअनुसार औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल दूध, दूरसञ्चार, फोहोर बोक्ने जस्ता अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार, चिडियाघर लगायत खोल्न तथा सञ्चालनमा पनि रोक लगाइएको छ । फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन रोक लगाइनुका साथै होटल, रेष्टुँरा सञ्चालन गर्न पनि पाइने छैन ।

बैकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

यस्तै, अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्