नेकपाको विवाद समाधान कार्यदलले अध्यक्षद्वय वली र प्रचण्डलाई बुझायो आफ्नो प्रतिवेदन

काठमाण्डौ
विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले दुई अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सामाधानका लागि महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ लाई बुझाएको हो ।
संयोजक पौडेल सँगै शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल गठनलाई यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले अनुमोदन गरी कार्यदिशा स्पष्ट गरेको थियो ।
नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढेको नेताहरुले बताएका छन् ।
कार्यदलले १ साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार झण्डै ८ घण्टा बैठक बसेर अन्तिम रुप दिइ शनिबार नै अध्यक्षद्वयलाई बुझाइएको हो । प्रतिवेदनमा गरिएको कार्यविभाजन अनुसार केपी ओलीले पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख छ ।
सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्