७० बर्षीय हरिबहादुरले चितुवासँग लडेर बालकलाई बचाए

लमजुङ
लमलुङको एक गाउँमा चितुवा पसी बालक माथि आक्रमण गरेपछि एक जना ७० बर्षीय पुरुषले चितुवाको प्रतिकार गरि बच्चालाई बचाएका छन् ।
लमजुङको बेशिसहर नगर पालिका ९ स्थित साम्दी थापा गाउँमा आइतबार बिहानै ६ बजे चितुवा पसेर चितुवाले एकाकए एक बालकमाथि आक्रमण गर्न खोजेपछि त्यहाँ नजिकै रहेका ७० वर्षीय हरिबहादुर थापाले चितुवालाई हँसिया प्रहार गरेका थिए । थापा र चितुवाबीच केही समय झडप हुदाँ चितुवा घटनास्थलमा नै मरेको छ ।
चितुवासँग लडेर घाईते बनेका थापाकोे प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।
फोटो साभार नविन अंकुर, नेपाल टेलिभिजन
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्