Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

विहिबार थपिए १ हजार १ सय ११ जना, काठमाण्डौ उपत्यकामा आजसम्मकै धेरै


काठमाण्डौ

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३७७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २७० जना, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जना सहित देशभर थप १ हजार १ सय ११ जनामा संक्रमण देखिएको हो ।

यो सँगै हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।

आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ । हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्