Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

काठमाण्डौ उपत्यकामा ४१५ सहित थपिए ९२७ संक्रमित


काठमाण्डौ

पछिल्लो २४ घण्टामा देशभर थप ९२७ जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । संक्रमितमा रहेका छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३३४ महिला र ५९३ जना पुरुष गरि ९२७ संक्रमित थपिएका हुन् ।
नयाँ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

शुक्रबार थपिएका संक्रमित मध्ये काठमाण्डौ उपत्यकामा मात्रै ४१५ जनामा संक्रमण पुष्टि भएको छ ।  जसमध्ये, काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ जना रहेका छन् ।

त्यस्तै, बितेको २४ घण्टामा १६९ जना संक्रमित निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ५७३ र होम आइसोलेसनमा ६ हजार ४४६ जना रहेका छन् । बितेको २४ घण्टामा १० हजार २२९ पीसीआर भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्