Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुग्यो, थप १२ जनाको मृत्यु


काठमाण्डौ

पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

थप मृत्यु हुनेहरुमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया १ जना र मकवानपुरकी ७१ वर्षीया १ जना गरी ४ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी उदयपुका ५२ वर्षीय १ जना, पर्साका ७२ वर्षीय १ जना, धनुषाका ४५ वर्षीय १ जना, सिरहाका ५५ वर्षीय १ जना, झापाका ८३ वर्षीय १ जना, चितवनका ५१ वर्षीय १ जना, कास्कीका ५२ वर्षीय १ जना र रुपन्देहीको ६० वर्षीय १ जना गरी थप ८ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ जना पुगेको छ ।  हाल कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमलव ३ प्रतिशत रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्