Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

थपिए ८९९ कोरोना संक्रमित, उपत्यकामा २ सय ९८ जना


काठमाण्डौ

पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसबाट थप ८९९ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३०३ महिला र ५९६ पुरुष सहित ८९९ संक्रमित थपिएको जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ । नयाँ थपिएका संक्रमित मध्ये पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै २ सय ९८ जना रहेका छन् ।
जसमध्ये काठमाडौंमा १ सय ९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएको हो ।

त्यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३ हजार ३७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार जना र होम आइसोलेसनमा ६ हजार रहेका छन् । आजसम्म देशभर ७ हजार ३३७ जना क्वारेन्टिनमा रहेका छन् ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्