Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

अर्थ र सञ्चार तथा सुचना प्रविधिमन्त्री खतिवडाको राजिनामा


काठमाण्डौ
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

भोलिबाट पदावधि सकिने खतिवडाले शुक्रबार अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।

गत फागुनमा राष्ट्रियसभाको २ वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन भएका खतिवडा संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बनेका थिए । खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ । संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था रहेकाले खतिवडाले राजिनामा बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाउँनु अघि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको र जग बसाल्न सफल भएको, वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको, साथै आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताए ।

खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिए ।
अर्थमन्त्री खतिवडा साढे २ वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्