थपिए ९ सय ८० कोरोना संक्रमित, उपत्यकामा कति थपिए

काठमाण्डौ
पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरस कोभिड १९ बाट ९८० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९० महिला र ६९० पुरुष गरि जम्मा ९८० जना संक्रमित थपिएको जानकारी दिए ।
जसमध्ये काठमाडौं उपत्यकाका मात्रै ३५४ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा २९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८१४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २८ हजार ९४१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६३ प्रतिशत रहेको छ ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्