देशैभर थपिए १ हजार ८१ कोरोना संक्रमित, उपत्यकामा कति थपिए

काठमाण्डौ
पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरस कोभिड १९ बाट थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ८१ संक्रमित थपिएको जानकारी दिए ।
जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै ४६४ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन् । यो सँगै देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९१८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३३ हजार ८८२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ९९ हजार ३४१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ७ हजार ९८८ जना र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४८० जना क्वारेन्टिनमा रहेका छन् । देशभर २२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
त्यस्तै, नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्