Techie IT
  • १९ असार २०८२, बिहीबार
Sajha Hub

सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दै, केहि महत्वपुर्ण निर्णय हुन सक्ने


काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको र प्रधानमन्त्री आजको मन्त्रिपरिषद् बैठक समेत नियमित बैठक भएको ओलीका सञ्चार विज्ञ रामशरण बजगाईले बताएका छन् ।

नियमित बैठक भएपनि आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।

आइतबार मात्र विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको छ भने सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली रहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्