बिहानै भुकम्पको धक्का, सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु

काठमाडौं ।
बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको बताएका छन् ।
भूकम्प गएपछि पहिरोको जोखिम थप बढेको छ । २०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको सिन्धुपाल्चोक जिल्लामा सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा ठुलो क्षति पुर्याईसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्