Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

अबिरल बर्षा, जलसतहले खतरा पार, तटिय र पहिरो जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह


काठमाण्डौ 

केहि दिन यता धेरै ठाउँमा अबिरलरुपमा ठुलो पानी परि राखेको छ । बर्षा सँगै बाढि र पहिरोको जोखिम रहेकाले उच्च सर्तकता अपनाउन भनिएको छ ।

नारायणी, तिनाउ लगायतका नदीमा जलसतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
रुपन्देहीको तिनाउ नदी, त्यस्तै, नारायणी नदीमा जलसतहले खतरा तह पार गरेको छ ।

बाढी आएर जलसतहले खतरा तह पार गरेपछि तिनाउ नदी तटीय क्षेत्र र आसपासका डुबान हुनसक्ने होचा ठाउँमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै, नारायणीको देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको साथै बढ्दो अवस्थामा रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा बस्नेहरुलाई समेत उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बर्षासँगै, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना नदीहरुमा समेत आकस्मिक बहाव र आसपास पहिरोको जोखिम रहेकाले बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्