कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी नर्देशकमा डा. दिपक भण्डारी नियुक्त

काठमाण्डु
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।
त्यस्तै, बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गर्ने निर्णय समेत गरेको छ । बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको छ ।
आइतबार बसिएको मन्त्रीपरिषद्को आकस्मिक भनिएको बैठक भएपनि महत्वपूर्ण निर्णय नभएको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफलपछि मन्त्रिपरिषद्को बैठक डाकेका थिए । दुई अध्यक्ष बिचको छलफलमा भने मन्त्रिमण्डल पुर्नगठनको बिषयमा को को मन्त्री हेरफेर गर्ने भन्ने बारेमा निष्कर्षमा पुग्न सकेको छैन ।
क्याटेगोरी : अन्य, राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्