कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु

बुटवल
रुपन्देहीमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्थायी अस्पतालमा सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका संक्रमित पुरुष २ दिनदेखि भेन्टिलेटरमा थिए ।
यसैबीच बुधबार मृत्यु भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ पुरुषको कोरोना रिपोर्ट समेत पोजेटिभ आएको छ । कोटहीमाई गाउँपालिका वडा नंं. ८ का ४२ वर्षीय पुरुषको बुधबार साँझ ६ बजे बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको थियो ।
श्वास प्रश्वास र उच्च ज्वरोको समस्या भएका उनको कोरोना परीक्षणका लागि बुधबार नै स्वाब लिइएकोमा बिहीबार पोजेटिभ रिपोर्ट आएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्