Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

रुसमा निर्मित कोरोना भाइरस विरुद्धको खोप नेपाल भित्र्याउने प्रयासलाई रुसी दूतावासको समर्थन


काठमाण्डौ

कोरोनाभाइरस विरूद्धको भनिएको रुसमा निर्मित खोप ठूलो परिमाणमा नेपालमा भित्र्याउन गरिएको सम्झौतामा नेपालस्थित रुसी राजदूतावासको समर्थन रहेको बताइएको छ ।

रुसको सार्वभौम सम्पत्ति कोष अन्तर्गतको रुसी प्रत्यक्ष लगानी कोष आरडीआईफका प्रवक्ताले उक्त कुरा बताएको बीबीसीले उल्लेख गरेको छ । यसै साता मस्कोमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा आरडीआईएफले नेपालको एउटा निजी कम्पनी ट्रिनिटी फर्मास्युटिकल्ससँग अढाइ करोड रुसी खोप आपूर्ति गर्ने सहमति गरेको उल्लेख गरिएको थियो ।

तर त्यसबारे शुक्रवार नेपाल सरकारले हालसम्म संसारमा कतैपनि प्रभावकारी खोप पत्ता लागि सकेको स्थिति नभएको भन्दै खोप पत्ता लागेपछि आफैँले नेपाली जनताका निम्ति ल्याउने स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी नियमित प्रेस ब्रिफिङमा खोप बनिसकेपछि नेपाल सरकारले आफ्नै पहलकदमीमा नेपालमा खोप उपलब्ध गराउने र कुनै निजी कम्पनीले बाहिर सम्झौता गरेको भन्ने हल्लाहरू आएकाले यी हल्लाहरूको पछि नपर्न अनुरोध गरेका छन् ।

सीतापाइलास्थित ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले आफूहरूले काठमाण्डूस्थित रुसी दूतावासको समन्वयमा सम्झौता गरेको भएपनि सरकारबाट अनुमति लिएर मात्र काम गर्ने जनाएका छन् । उनले उक्त खोपले अन्तर्राष्ट्रिय स्तरमा प्रयोगका लागि अनुमति पाएपछि मात्रै भित्र्याउने गरी आफूहरूले सम्झौता गरेको भन्दै हालसम्म खोपको लगत जस्ता विषयमा छलफल नै नभएको टिप्पणी गरेको विबिसीले जनाएको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्