प्रधानमन्त्री ओलीका तीन जना सल्लाहकार र प्रमुख स्वकिय सचिवमा कोरोना सक्रमण

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका ३ जना सल्लाहकार र १ जना प्रमुख स्वकिय सचिवमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको हो ।
सल्लाहकार रिमाल, थापाले आफ्नो सामाजिक सञ्जाल मार्फत आफुहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत रिमालले यस्तो जानकारी गराउँदै यसबीचमा आफुसँग सम्पर्कमा आएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत भनेका छन् ।
त्यस्तै थापाले पनि फेसबुक मार्फत आफुमा कोरोना पोजेटिभ देखिएको र आफु सँग सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य ख्याल राख्न अनुरोध गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको बताएका छन् ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्