Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

बुटवलमा १८ गते देखि २१ गते सम्मका लागि निषेधित क्षेत्र घोषणा


काठमाडौं 
बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई २१ गते सम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा आन्दोलन हुनथालेपछि बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव फिर्ता गर्न माग गर्दै नेपाली काँग्रेस रुपन्देहीले शुक्रबार देखि आन्दोलन सुरु गरेको छ ।

आन्दोलनलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासनले १८ गतेदेखि २१ गतेसम्म विहान ६ बजेदेखि साँझ ६ बजेसम्म ५ जनाभन्दा बढीको समूहमा हिड्डुल गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

निषेधित क्षेत्रहरुमा प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ ।

यस्तै मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गलाई लाई पनि निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जारि गरेको सुचनामा उल्लेख गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्