Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पछिल्लो २४ घण्टामा १५ सय ५१ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ९० हजार ८१४ पुग्यो


काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर नोभेल कोरोना भाइरसका थप १ हजार ५५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमित थपिए सँगै देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।
त्यसैगरि पछिल्लो २४ घण्टामा २ हजार ३४० जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ ।

आजसम्म १० लाख ९९ हजार २७६ जनाको पीसीआर परीक्षण गरिदाँ पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै देशभरका संस्थागत आइसोलेसन ९ हजार ११८ जना र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २२१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ४० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २४३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा काठमाडौं उपत्यकामा १०१७ जनामा संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना छन् । यस्तै, रुपन्देहीका ९६ जना, चितवनका ८१, दाङका ३४, मोरङका २७, काभ्रेका २४, गोरखा र कैलालीका २०/२० जना, सुनसरीका १९, महोत्तरीका १५, नवलपुरका १३, धनुषाका १२, सिराहा र कालीकोटका १०/१० जनामा संक्रमण देखिएको छ ।

सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्