Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पछिल्लो २४ घण्टामा थपिए ३५ सय ५६ कोरोना संक्रमित


काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ३५ सय ५६ जनामा नोभेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५५६ संक्रमित थपिएका हुन् ।

गौतमका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

त्यसैगरि पछिल्लो २४ घण्टामा १५ सय ३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ३ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७९५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्