Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (युनएनएचआरसी) मा पुन: निर्वाचित


काठमाडौँ

संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद् (युएनएचआरसी) मा नेपाल पुन निर्वाचित भएको छ ।

राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा नेपाल एचआरसी सदस्यमा पुनः निर्वाचित भएको जानकारी संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनद्वारा जारी प्रेस विज्ञप्ती मार्फत दिइएको हो।

सन् २०२१–२०२३ अवधिका लागि एसिया प्रशान्त क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान सहित प्रतिनिधित्व गर्दै नेपाल पुनः निर्वाचित भएको हो ।

एसिया प्यासिफिक क्षेत्रमा निर्वाचितमध्ये चीनले १३९, नेपालले १५०, पाकिस्तानले १६९ र उज्वेकिस्तानले १६९ सदस्य राष्ट्रको मत पाएका छन् । ४७ सदस्य रहने परिषद्मा यो पटक १५ सदस्य सिटका लागि निर्वाचन भएको हो ।

यसअघिको लागि पनि नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा निर्वाचित भएको थियो । संयुक्त राष्ट्रसंघले विश्वभर निर्वाह गर्ने मानव अधिकार रक्षा तथा प्रवर्द्धनका हकमा सबैभन्दा उच्च अन्तरसरकारी संयन्त्रका रुपमा लिइने यो परिषद्मा यस अघिको नेपाल (२०१८–२०) को कार्यकालका लागि निर्वाचित भएको थियो ।

न्यूयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपालले अन्र्तराष्ट्रिय मञ्चमा पाएको विश्वास र समर्थनको पक्षमा मानव अधिकार परिषद्को निर्वाचन परिणाम आएको प्रतिक्रिया दिएका छन् ।

नेपालले अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकका पक्षमा साझेदारी विकास र समृद्धिका पक्षमा विगतमा झैं आफ्नो आवाज उठाइरहने तथा सीमान्तकृत र जोखिममा रहेका समुदायका पक्षमा मानव अधिकार प्रवर्द्धनका दिशामा लागिरहने प्रतिबद्धतासमेत गरेको स्थायी प्रतिनिधि राईले जनाएका छन् ।

राष्ट्रसंघले गरेको आह्वानमा विश्वका १२ वटा द्वन्द्वग्रस्त मुलुकमा ५ हजार ६ सय ५८ नेपाली सुरक्षाकर्मी तैनाथ छन् । संख्याका आधारमा विश्व शान्ति स्थापनामा शान्ति सेना पठाउनेमध्ये विश्वको चौथो स्थानमा रहेको मुलुकका रुपमा नेपालको छवि कायम छ । नेपालभन्दा बढी शान्ति सेना पठाउनेमा इथियोपिया, बंगालादेश र रुवान्डा रहेका छन् । नेपालले सन् १९५८ देखि शान्ति सेनामा सहभागिता जनाउन थालेको हो ।

 


क्याटेगोरी : अन्तरास्ट्रिय, कुटनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्