Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

लोकसेवा आयोगको सबै लिखित परिक्षा स्थगित


काठमाडौं ।

कोभिड १९ कोरोना भाईरसका कारण लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएको पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै आयोगले कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा भय सिर्जना भएको साथै आयोगका कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै, सर्वोच्च अदालतको आदेश पनि परिक्षा सञ्चालन गर्न नसक्नुको एक कारण रहेको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्