Techie IT
  • १८ असार २०८२, बुधबार
Sajha Hub

सत्तारुढ नेकपाको विवाद फेरि चुलियो, पार्टी फुटको संघारमा


काठमाण्डौ 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद फेरि चुलिएको छ । अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा वली विचको पछिल्लो सम्वादहिनता टुटेपनि पार्टी भने फुटको संघारमा पुगेको छ ।

अध्यक्ष प्रचण्डले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका छन् । प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहित आइतबार बिहान ११ बजे बसेको बैठकमा प्रचण्डले उक्त ब्रिफिङ गरेका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीले सल्लाह सँगै पार्टी अलगअलग बनाएर आ आफ्नो बाटो लाग्ने हो भनी बताएको ब्रिफिङ गरेको एक सचिवालय सदस्यले बताएका छन् । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शनिबार दिउँसो सवा १ बजे बालुवाटारमा भएको भेटमा र आइतबारको फोनबार्तामा पनि ओलीले सोहि कुरा दोरोर्याएको भनि एक सदस्यले बताएका छन् ।

खुमलटार बैठकमा भने सहभागी नेताहरूले पार्टी फुटाउन नहुने निर्णय गरेका छन् ।

पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा ध्रुवीकृत नेकपाको राजनीतीमा गम्भीर मोडमा पुगेको महासचिव विष्णु पौडेल स्वयम‍्ले सार्वजनिक रुपमा समेत स्वीकार गरेका छन् ।  महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आइतबार ट्वीट गर्दै पार्टीमा विभाजनको खतरा बढेको उल्लेख गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्